माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ ।

त्यससँगै नयाँ सत्ता समीकरणका विषयमा पनि आजको बैठकमा छलफल गर्ने तयारी माओवादीको छ । नेपाली कांग्रसेको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग्दै सरकारको नेतृत्व लिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने कांग्रेस नेताहरुले बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने समर्थन फिर्ता लिए आफू राजीनामा दिन तयार रहेको बताएका थिए ।