काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिंगो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
मंगलबार बिहान शोक वक्तव्य जारी गरी अध्यक्ष प्रचण्डले मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्याएको योगदान सधैं स्मरणीय रहिरहने बताएका हुन् ।


प्रतिक्रिया