काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शनिबार बिहान ट्वीट गर्दै जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको बताएकी हुन् । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् । मष्तिस्कघात भई उपचार गराइरहेका जोशीको शुक्रबार राति निधन भएको थियो ।

प्रतिक्रिया