प्रधानमन्त्री ओली र नेपाल पक्ष वार्तामा



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच भेटवार्ता भइरहेको छ । पार्टी कार्यालय धुम्बाराहीमा दुबै पक्षका नेताहरुबीच भेटवार्ता भइरहेको हो ।

भेटमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी छन् भने वरिष्ठ नेपाल पक्षबाट नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी छन् । एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए।

त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो । वरिष्ठ नेता नेपालले बालुवाटार आउन अस्वीकार गरेपछि पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता भइरहेको हो । सर्वोच्च अदालतको आदेशसँगै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि प्रधानमन्त्री ओली र नेपाल पक्षका नेताहरूबीच औपचारिक संवाद भएको थिएन ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय समितिको बैठक राखेर नेता नेपालसहित मुख्य नेताहरूको जिम्मेवारी खोस्दै माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिएपछि एमालेभित्रको विवाद तीव्र रूपले बढेको छ । प्रधानमन्त्री ओलीले २८ गते गरेको निर्णयलाई चुनौती दिँदै नेपाल समूहले समानान्तर विभागहरू गठन गरेको छ भने चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यथोचित समयमा संसद आह्वान हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न

भूमिसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,

रवि लामिछानेसँग ६० लाख धरौटी माग(पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ६० लाख

समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा आमसभा गर्ने भएको छ ।