राजनीतिक दल जनअपेक्षाअनुसार नचल्दा अहिलेको समस्याः अध्यक्ष बिजुक्छे



भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दल तथा नेता आफ्नो उद्देश्यअनुसार चल्न नसकेको बताएका छन् ।

शहीद दिवसका अवसरमा शनिबार भक्तपुर नगरपालिकाले आयोजना गरेको चारदिने अन्तरनगर बुद्धिचाल प्रतियोगिता एवं भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले भने, “राजनीतिक व्यक्तित्वमा नागरिक भावना कम हुँदै गएको छ, उनीहरुको उद्देश्य र व्यवहारमा भिन्नता देखिएको छ ।”

बुद्धिचाल खेल एक प्रकारको लडाईं हो भन्दै उनले अहिले राजनीतिमा अस्वस्थ्य लडाईं चलेको र जनअपेक्षाको उपेक्षा भएको टिप्पणी गरे ।

विद्यालयस्तरमा भक्तपुर नगरले लागू गरेको स्थानीय पाठ्यक्रममा नागरिक भावना र देशभक्तिपूर्ण पाठ समावेश गरिनुपर्ने भन्दै उनले खेलाडीले खेलकूदका माध्यमबाट देशलाई चिनाउने अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ

सरकारविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।