‘सर्वोच्चको फैसलाले दुई दलीय अधिनायकवाद लाद्‍ने योजना असफल’



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतको फैसलाले इमान्दार जनताका असली प्रतिनिधि र पार्टीको विजय भएको बताएका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी अध्यक्ष कट्टेलले सर्वोच्चको फैसलाले द्विदलीय अधिनायकवाद लाद्ने योजना असफल भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कम्युनिस्ट आन्दोलनको लोकप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको नामसँग सम्बन्धित पहिचान अतिक्रमण हुनेगरी निर्वाचन आयोगमा जबर्जस्ती रुपमा दर्ता गरिएको नेपाल कम्युनिस्ट पार्टी ने क पा को नाम सर्वोच्च अदालतले खारेज गरिदिएको छ । विसर्जनवादमा पतन भएका एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीले कथित शक्तिको उन्मादमा उनीहरू आफैले बनाएको सविधान र कानुनविपरीत निरंकुश सर्वसत्तावाद लाद्न खोजेका थिए संसद्वादी पूँजिवादीमा पतन भएका कथित कम्युनिस्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लादने गुरू योजना अन्तर्गत एकताबद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ

सरकारविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।