विप्लवको यो फोर्स ल्यान्डिङ होइन, सेफ ल्यान्डिङ होः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आजदेखि हिंसात्मक द्वन्द्व अन्त्य भएको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग शुक्रबार काठमाडौंमा तीन बुँदे सम्झौता भएपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका हुन् ।

उनले सहमति नेपाल सरकारले लिएको ‘समृद्ध नेपालः सुखी नेपाली’ नारालाई सफल बनाउन महत्वपूर्ण हुने बताए । प्रधानमन्त्रीले भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन । आजको कामको ठूलो उपलब्धी भनेको नेपालमा हिंसात्मक गतिविधि छैन, शान्ति छ भन्ने हो ।’

प्रधानमन्त्रीले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने ऐतिहासिक कदम चाल्नुभएकोमा बधाई र शुभकामना व्यक्त दिए । ‘उहाँले एउटा कदमबाट नेपाली जनताको मन जित्नुभएको छ,’ प्रधानमन्त्रीले भने, ‘यो उहाँको साहसिक कदम हो । जोसुकैले कार्यकर्तालाई कार्यदिशा मोडेर गर्न यति साहसिक निर्णय लिन सक्दैनन् । ‘यो फोर्स ल्यान्डिङ र क्रास ल्यान्डिङ होइन । सेफ ल्याडिङ हो ।’

विप्लवसँग ८ वर्षअगाडिदेखि सम्बन्ध रहेको स्मरण गर्दै प्रधानमन्त्रीले तीन बुँदे सहमति रातारात नभएको जानकारी दिए । तीन बुँदे सहमतिप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै उनले कुनै समस्या आए वार्ताबाट समस्या समाधान गर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व