सांसदहरूलाई कोभिडविरुद्धको खोप लगाउन सुरु
काठमाडौँ । संसद बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोभिडविरुद्धको खोप लगाउन सुरु गरेको छ । बुधबार बिहान १० बजेदेखि मीनभवनस्थित निजामती अस्पतालममा सांसदहरूलाई खोप लगाउन सुरु गरिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटा, नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधवकुमार नेपाललगायतले सुरुमै खोप लगाएका छन् । संसद् सचिवालयले कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारसँग सहकार्य गरेर सांसद र संसद् भवनभित्र प्रवेश गर्ने कर्मचारी र मर्यादापालकलाई समेत खोपको लगाउने व्यवस्था मिलाएको छ । प्रतिनिधिसभाको बैठक फागुन २३ गते बस्दैछ ।