विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार गठनः अध्यक्ष नेपाल
विराटनगर । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने बताएका छन् ।
नेपाल प्रेस सङ्गठन मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बहुमत सदस्य आफूहरुका पक्षमा रहेका जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने बताए ।
नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने उनले बताए । निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको भन्दै नेपालले आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने बताए ।