राजसंस्थाको अभिभावकीय भूमिका झन् टड्कारो भयोः अध्यक्ष राणा



काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्र जोगाउन दलभन्दा माथि रहने राजसंस्था र हिन्दूराष्ट्रको आधार अपरिहार्य भएको बताएका छन् ।

नैैैतिकताको प्रश्नमा जनताले राजनीतिक नेतृत्वलाई विश्वास गर्ने आधार निर्माण नभएसम्म प्रजातन्त्र सबल नहुने, विकास र समृद्धि प्राप्त नहुने राप्रपा अध्यक्ष राणाले बताए । देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘प्रजातान्त्रिक पद्धति सबल तुल्याउन निष्पक्ष राष्ट्र प्रमुखको रुपमा राजसंस्था र सनातन हिन्दुराष्ट्र आवश्यक देखिएको छ । पछिल्लो घटनाक्रमले राप्रपाले उठाउँदै आएको हिन्दुराष्ट्रको आधार र राजसंस्थाको अभिभावकीय भूमिका झन् टड्कारो भएको छ,’ अध्यक्ष राणाले शनिबार राप्रपानिकट युवा संगठनको भेलालाई सम्बोधन गर्दै भने ।

साम्यवादी पार्टीले जनादेश विपरीत काम गरेको भन्दै राणाले सत्तारुढ नेकपाको खरो आलोचना गरे । नेकपा नेतृत्वको सत्ताकेन्द्रीत स्वार्थको कारण देश, संविधान संकटउन्मुख रहेको उनको भनाइ थियो । सत्तारुढ दलले विगतका गल्तीबाट पाठ सिक्नु पर्दछ, राणाले भने ।

प्रजातन्त्रलाई जनमुखी बनाएर बेरोजगार, भ्रष्टाचार र विकृतिको अन्त्य गर्नु पर्नेमा उनले जोड दिए ।

अर्का अध्यक्ष कमल थापाले आसन्न संकट दूर गर्न युवाहरु नेतृत्वमा आउनु पर्ने विचार राखे । वर्तमान संकटका लागि कांग्रेस र कम्युनिष्ट जिम्मेवार रहेको उनको जिकिर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा