‘न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र ?’



चितवन ।, उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारे ।

“न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र ”, उनले भने “न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?” शक्ति पृथकीकरणको सिद्धान्तलाई आपूmहरुले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्ने बताए ।

राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि सङ्कट आएका कारण दिगो हुन नसकेको उनले बताए । उनले भने, “राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो ।” उनले प्रश्न गरे, “ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?”

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उनले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिश नगर्न सबैलाई अनुरोध गरे । यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने उनको भनाइ थियो । उनले भने, “यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ ।”–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छः कोइराला

धनगढी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई

देशमा क्रमशः आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री ओली

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा

राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकारः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । संघीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा.शैल रुपाखेतीले जर्मनीका राष्ट्रपति