काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह निकटको अनेरास्ववियूले ’प्रतिगमनलाई जुत्ता’ हान्ने कार्यक्रम आयोजन गरेको छ । अनेरास्ववियुले सोमबार नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेको हो ।
नारायणहिटी संग्रहालयअघि प्रतिगमनको प्रतीक बनाई जुत्ता हान्ने कार्यक्रम गरिएको अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जानकारी दिए ।
उनले सत्ता टिकाउन नारायणहिटीअघि गरेको प्रपञ्चको विरोधमा अनेरास्ववियुले सांकेतिक कार्यक्रम गरेको बताए । उनले प्रतिगमन देश र जनतालाई नचाहिएको र कुनै पनि मूल्यमा स्वीकार्य नभएको बताए । संसद विघटनको विरोधमा अनेरास्ववियूले विभिन्न विरोध कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया