काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालिरहेको भन्दै नेकपाको प्रचण्ड -नेपाल समूहले आन्दोलनका कार्यक्रमलाई थप परिमार्जन गर्ने भएको छ ।
समूहले आज दिउँसो दुई बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गर्न लागेको हो ।
पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने बताइएको छ । संवैधानिक निकायहरूमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड नेपाल समूहले आपत्ति जनाएको छ । संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै आज सपथ लिएका थिए ।

प्रतिक्रिया