काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा धनगढी आज हुने विरोधसभालाई सम्बोधन गर्न नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कैलालीको धनगढी पुगेका छन् ।
आज दिउँसो एक बजे धनगढीमा हुने सभालाई सम्बोधन गर्न अध्यक्षद्वय बिहान धनगढी पुगेका हुन् । विरोध सभालाई अध्यक्ष प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमको विरुद्धमा नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर विरोध प्रदर्शन गर्दै आएको छ ।


प्रतिक्रिया