सरकारका कारण नेपाल विदेशीहरुको क्रिडास्थल बन्योः डा. लोहनी



राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सत्ता लिप्सा र भ्रष्टाचारका कारण देश अराजकतातर्फ धकेलिएको बताएका छन् । सप्तरीको राजविराजमा पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले सरकार चौतर्फीरुपमा असफल भएका कारण नेपाल अहिले विदेशीहरुको क्रिडास्थल भएको बताएका हुन् ।

ओली सरकारले संविधानमा कतै नभएको काल्पनिक प्रावधान प्रयोग गरि प्रतिनिधिसभा विघटन गरेको कदम पूर्णतः असंवैधानिक रहेको उल्लेख लोहनीले सर्वोच्च अदालतलाई संविधानको सर्वोच्चता कायम गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गरे ।

लोहनीले नेपालको राष्ट्रियताको जग वलियो वनाउन राज्यका विभिन्न अंगमा आदिवासी, जनजाति,दलित,मधेसी र खसआर्यको समानुपातिक उपस्थिति अनिवार्य रहेको भन्दै यसप्रति हालसम्मका स्वघोषित क्रन्तिकारी सरकारहरुको ध्यान नजानु आश्चर्य रहेको बताए ।

उनले राष्ट्रिय एकतालाई वल पुर्याउन राजसंस्था र नेपाली पहिचानका निमित्त हिन्दूराष्ट्र कायम गर्न संविधान संसोधन आवश्यक रहेको बताए । सभालाई राप्रपाका नेताहरु रामचन्द्र राय, भोला साह, श्याम तिमिल्सिना, जनकराज पाठक, राजु लोहनीलगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मतदान सम्पन्न भएपछि देउवाले भने- लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भयो

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान, ५७ प्रतिशत खस्यो मत

फिक्कल (इलाम) । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको

आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

  काठमाडौँ ।  आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता