आफूले गरेका अपराध र भ्रष्टाचार छिपाउन प्रधानमन्त्रीले संसद भंग गरेः वरिष्ठ नेता पौडेल


तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान, लोकतन्त्रमाथि प्रहार गरेको बताएका छन् । तनहुँमा सोमबार प्रतिनिधिसभा विघटनविरूद्धको विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले चुनाव पनि नहुने र संसद पुनस्र्थापना पनि नहुने अवस्था आएमा देश संकटमा फस्ने बताए ।

उनले कांग्रेसले लोकतन्त्र र संविधान रक्षाका लागि लड्नुपर्ने बेला आएको बताए । पौडेलले कांग्रेस भरोसाको केन्द्र बन्नुपर्ने पनि बताए । उनले प्रधानमन्त्री ओलीले आफूले गरेका अपराध र भ्रष्टाचार छिपाउनलाई संसद भंग गरेर संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको बताए । उनले भने, ‘संवैधानिक परिषद अध्यादेश ल्याएका छन् । यी सवै आफूले गरेका अपराध र भ्रष्टाचार छिपाउनलाई हो । यो नाटक र पपञ्च हो ।’