काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्रीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्रीको शपथ ग्रहण गराएका छन् ।
नयाँ जिम्मेवारीअनुसार ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, खानेपानी मन्त्रीमा मणि थापा, शिक्षामा कृष्ण गोपाल श्रेष्ठ, कृषिमा पद्मा अर्याल, भूमि व्यवस्थामा शिवमाया तुम्बाहाङ्फे, कानुनमन्त्री लीला श्रेष्ठ, सहरी विकास मन्त्रीमा प्रभु साह, वन मन्त्रालयमा प्रेम आले, कानुनमन्त्रीमा गणेश ठगुन्ना, पर्यटनमा भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रीमा हृदयश त्रिपाठी रहेका छन् ।

प्रतिक्रिया