काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरेको छ ।
बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो । ओलीलाई राष्ट्र र पार्टी हितविपरीत काम गरेको, संसद विघटन तथा पार्टी निर्णय पटकपटक उल्लंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप प्रस्तावमा लगाइएको छ ।
बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको प्रचण्ड-नेपाल पक्षका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया