संसद विघटन गर्ने सरकारी कदमबिरुद्ध आन्दोलन गर्ने कमल थापाको चेतावनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनको कदमबिरुद्ध जनताको माझमा गएर संघर्ष गर्ने बताएका छन् । सोमबार काठमाडौंमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कम्युनिष्टले जनतामाथि कुठाराघात गरेको आरोप लगाए । उनले राप्रपाले संविधान विरोधी सरकारको कदमको प्रतिरोध गर्ने उल्लेख गरे ।

उनले प्रधानमन्त्री केपी ओली सरकारको कदमविरूद्ध जनसंघर्ष गर्दै राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने बताए । तीन लाख सक्रिय सदस्य बनाउने राप्रपाको योजना रहेको भन्दै थापाले सक्रिय सदस्यहरूबाट प्रतिनिधि हुने गरी महाधिवेशन सम्पन्न गर्ने बताए । त्यस्तै राप्रपाका अर्का अध्यक्ष पशुपति शम्भेर राणाले संविधानको कुनै दफा प्रयोग नगरि सरकारले संसद विघटन गरेको आरोप लगाए ।

उनले मन्त्रिपरिषद्ले सिफारिस गरेपनि राष्ट्रपतिले कुनै छलफल नै नगरि त्यसलाई पारित गर्नु दुर्भाग्यपूर्ण भएको टिप्प्णी गरे । बैठकमा पछिल्लो घटनाक्रम, भावी रणनीतिका साथै सांगठनिक र सक्रिय सदस्य निर्देशिका, महाधिवेशनको तयारी लगायतका बिषयमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै