सरकारविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्ने राप्रपाको निर्णय


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बिहीबार बसेको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले देशव्यापी प्रदर्शन गर्ने भएको छ । सनातन हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको राप्रपाले जनाएको छ ।