काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
आज दिउँसो १ बजे बस्ने भनिएको बैठक तीन घण्टा ढिलो बस्न थालेको हो । आजै बिहान पार्टीभित्रको विवाद समाधानलगायत विषयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । उनीहरुबीच भएको छलफलपछि मात्र बैठक बस्न थालेको हो ।
यसअघि गत मङ्सिर २८ गते बसेको स्थायी कमिटी बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगन भई आजका लागि डाकिएको थियो ।

प्रतिक्रिया