काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यादेश जारी गर्ने प्रक्रिया र अध्यादेशको विषयवस्तुले संविधानको चीरहरण गरेको बताएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले अध्यादेशले संविधानको भावना र मर्ममाथि गम्भीर प्रहार गरेको भन्दै विरोध गरेको हो । राप्रपाले अध्यादेश प्रकरणमा संविधानको संरक्षण र पालना गर्ने निकाय र पदाधिकारीहरु गैरजिम्मेवार भएको ठहरसमेत गरेको छ ।


प्रतिक्रिया