काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन् । बैठक अघि आज विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो ।
बुधबारको बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने एजेण्डा छ । तर, मंगलबार मात्रै सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकाले यो विषयले पनि स्थायी कमिटीमा प्रवेश आउने संभावना छ ।
स्थायी कमिटी बैठक चलिरहेकै बेला ओलीले मंगलबार अध्यादेश ल्याए पछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताको बैठक मंगलबार खुमलटारमा बसेको थियो । बैठकले प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाउँदै अध्यादेश फिर्ता लिन आग्रह गरेको थियो ।

प्रतिक्रिया