काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि साँझलाई सारिएको बैठक सुरु भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् । विद्यमान संवैधानिक व्यवस्था अनुसार ६ जनाको परिषद्को बैठकको गणपुरक संख्याका लागि अध्यक्षसहित ४ जना सदस्य उपस्थित हुनैपर्ने प्रावधान छ। तर आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशले सो प्रावधानमा संशोधन गरी बहुमतले निर्णय गर्न सकिने प्रावधान राखिएको छ । सोही प्रावधान अनुसार बैठक बसेको हो ।

प्रतिक्रिया