राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन


काठमाडौं । राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रबार समाजले काठमाडौंको शान्तिवाटिमा राजसंस्था पुनर्वहालीको माग गर्दै प्रदर्शन गरेको हो ।

राजतन्त्र पुनर्वहाली गर्न, ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा भित्राउन, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपाल बनाउन प्रदर्शन गरिएको समाजले जनाएको छ ।

त्यस्तै धार्मिक स्वतन्त्रतासहित हिन्दु, बौद्ध, किराँत अधिराज्य नेपाल कायम राख्नका लागि राजावादी जनप्रदर्शन गरिएको समाजको जानकारी दिएको छ । नेपालका राजनीतिक दलका कारण मुलुक धरासयी हुदै गएको र भ्रष्टाचार बढ्दै गएको भन्दै अब देशमा राजसंस्था पुनर्वहाली ढिलो भए झन् समस्या थपिने प्रदर्शनमा सहभागीहरुको भनाई छ । पछिल्लो समय राजावादीहरुले देशभरि नै प्रदर्शन गर्दै आएका छन् ।