काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक मंसिर २८ गतेसम्मका लागि स्थगित भएको छ । आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठक मंसिर २८ गते बस्ने गरी सकिएको हो । त्यस्तै मंसिर २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक भने पुस ५ गतेसम्मका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । तर बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन् ।

प्रतिक्रिया