काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बैठक सुरू भएको हो । बैठक एक बजेका लागि बोलाइएको भएपनि सुरु हुन केही ढिला भएको थियो ।
आजको स्थायी कमिटी बैठकमा यसअघि दुवैजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेस गरेका पत्र, सचिवालय सदस्यहरुले लेखेको पत्र, ओलीको जवाफलगायतका दस्तावेज पेस हुनेछ । उक्त प्रस्तावमाथि स्थायी कमिटीका सदस्यहरुले छलफल गर्नेछन् । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भने उपस्थित भएका छैनन्।

प्रतिक्रिया