संघीय शासनलाई बलियो बनाउन स्वदेशका नगर–नगरबीच भगिनी सम्वन्ध स्थापनामा जोड



काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यसँग भेट गरेकी छन् । भेटका लागि उनी प्रमुख प्रशासकीय अधिकृतसहित राष्ट्रिय सभा गृह आएकी थिइन् । त्यस क्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित अधिकारीहरु थिए ।

भेटका क्रममा मेयर शाक्यले, चन्दननाथ नगरसँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरिसकेको जानकारी दिँदै मेयर शाक्यले विविधताभित्रका समानता, पर्यटन र पर्यावरणीय सम्बन्धका आधारमा भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय भएको बताए । ‘काठमाडौँमा धेरै मूर्त तथा अमूर्त सांस्कृतिक, सम्पदा छन् । मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दननाथबीच भगिनी सम्वन्ध स्थापना गर्ने कुरा आफैमा सकारात्मक छ । प्रकृति र पर्यावरणको समुचित सन्तुलन बिना मानव समाजको अस्तित्व नै संकटमा पर्नसक्ने कुरालाई मनन गर्दै दिगो र नतिजामुखी साझेदारी गर्न चाहेका छौँ ।’ मेयर शाक्यको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाले विश्वका विभिन्न १६ वटा नगरसँग भगिनी सम्वन्ध स्थापना गरिसकेको छ । पाकिस्तानको इस्लामावाद र थाइल्याण्डको बैकक प्रक्रियामा छन् । अन्तरराष्ट्रिय सम्बन्धसँग देशभित्रकै पालिकासँगको सम्बन्धको विषय जोड्दै मेयर शाक्यले, संघीयतालाई सार्थक र थप बलियो बनाउन अन्तरपालिका भगिनी सम्बन्धले टेवा पुग्ने अपेक्षा गरे । ‘हामीले यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरर्गत काठमाडौँका १० वटा नगर, भक्तपुरको मध्यपुर ठिमी र रामग्राम नगरपालिकासँग केही साझेदारीका काम अघि बढाएका छौँ । चन्दननाथसँग सम्वन्ध स्थापनापछि जुम्लामा उत्पादिन बहुमुल्य जडीबुटी, स्याउ, सिमी, ओखरलगायतका प्राङगरिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापनमा सहकार्य हुनेछ । अर्कातिर रारा, सेफोक्सुण्डो जस्ता ताल जाने बाटोमै रहेकोले चन्दननाथ र काठमाडौंको धार्मिक पर्यटनलाई जोड्न सकिन्छ ।’ उनको भनाइ थियो ।

भगिनी सम्बन्ध भन्नेवित्तिकै विदेशी सहरहरुको कुरा आउँछ । तर हामी नेपालकै नगरहरुको अवस्था चिन्न चाहन्छौं । भेटका क्रममा चन्दनथान नगरकी प्रमुख कान्तिका सेजुवालले, देशभित्रका नगरको सीप नक्कल गर्दा कार्यान्वयन योग्य हुने बताइन् । ‘विदेशी सिको गर्न खोज्दा ढङ्ग नपुगेर धेरै श्रोत र योजना खेर गएका छन् । त्यसैले हामीले हाम्रै राजधानी सहर काठमाडौैं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न पहल गरेका हौं । यहाँहरुले हाम्रो प्रस्ताव स्वीकार गरिदिनुभयो । चन्दननाथ नगरका जनताकोतर्फबाट आभार व्यक्त गर्दछु । यो हाम्रा लागि खुशीको पल हो । दुई नगरबीचको धार्मिक पर्यटनले नेपालको पर्यटन उद्योगमा नयाँ आयाम थप्नेछ ।’

भेटमा काठमाडौँ महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आपसी हित, सीप र क्षमता विकासका लागि भगिनी सम्बन्ध लाभदायक हुने अपेक्षा गरिन् । ‘हामीले देशभित्रकै नगरहरुसँग भगिनी सम्बन्ध अघि बढाएका छौं । चन्दननाथसँगको सम्बन्धले अन्तरनगर साझेदारिताले नयाँ आयाम थप्नेछ ।’ उपमेयर खड्गी श्रेष्ठको भनाइ थियो ।

काठमाडौं महानगरको गएको बर्ष (२०७६ पुष १७ गते) बसेको कार्यपालिका बैठकले चन्दननाथ नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको थियो । देशभित्रका नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न निर्णय गरिएको यो पहिलो नगर हो भने हस्ताक्षर भएको नगर रामग्राम हो । यससँगै मेलम्ची सिन्धुपाल्चोकको मेलम्ची नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई

कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय

कोशीमा नयाँ सरकार गठन गर्न एमाले र माओवादीको माग

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौंः प्रमुख सचेतक लेखक

काठमाडौँ । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले वैकल्पि गठबन्धनकाबारेमा एमालेसँग कुनै ठोस