सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु


काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा सुरु भएको छ । यसअघि पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएपनि असुरक्षाको कारण देखाउँदै बालुवाटार सारिएको थियो ।

बैठकमा मङ्सिर १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेर दिएको जवाफमाथि अरू सदस्यहरूले धारणा राख्नेछन् । बिहीबार स्थायी कमिटी बैठक तय भएको छ भने मङ्सिर २५ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ ।