दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य विजय खड्काले मुलुकमा राजसंस्थाको एजेन्डा सर्वमान्य हुन लागेको वताएका छन् ।
राप्रपा दोलखाले आयोजना गरेको केन्द्रीय सदस्यहरूको सम्मान कार्यक्रममा खड्काले मुलुकका युवाहरू बीच राजसंस्थाको मुद्दा र एजेन्डा लोकप्रिय रहेको र अहिलेको आन्दोलनले राजसंस्था लगायत धर्म संस्कृति र नेपाली समुदायको अन्तर्राष्ट्रिय स्तरमा गुमेको साख र छवि पुनस्र्थापित हुने वताए ।
यो एजेन्डाको सुरूवात गर्ने पार्टी राप्रपा भएकोले राजसंस्थाको पक्षमा गरिने जुनसुकै कार्यक्रममा राप्रपाको सशक्त उपस्थिति रहने तथा राप्रपाको अगुवाइमा मुलुक आन्दोलित हुने र छिटोभन्दा छिटो राजसंस्था पुनस्र्थापित भएरै छोडने वताए ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्यहरू सुन्दर प्रकाश खड्का, बलवहादुर केसी, शोभित उप्रेती, प्रवीण कुमार थोकर, तीर्थ केसी, राप्रपा दोलखा सहसंयोजक बलवहदुर तमाङ, कार्य सम्पादन सदस्य शिव केसी लगायतका वक्ताहरूले सम्वोधन गरेका थिए । राजनवहादुर शिवाकोटीको अध्यक्षतामा वसेको कार्यसम्पादन समितिको वैठकले कोभिडका कारण बन्द गरिएका जिल्लाका सबै मन्दिरहरू खुला गरिनुपर्ने, जिल्लामा एक विहान एक सदस्यको कार्यक्रम लागू गर्ने लगायतको निर्णय गरेको छ ।

प्रतिक्रिया