युरोपको आकाशमा लगाइएको प्रतिबन्ध छिट्टै हट्छः पर्यटनमन्त्री



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एभिएसन सेफ्टी रिपोर्ट’ २०२० सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्राधिकरणले सेफ्टी रिपोर्ट २०२० सार्वजनिक गरेको हो ।

प्राधिकरणले जारी गरेको सेफ्टी रिपोर्टमा नेपालमा हाल १० वटा हेलिकोप्टर कम्पनी सञ्चालनमा रहेका र ९ वटा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले हवाई सेवा प्रदान गर्दै आएको उल्लेख छ । साथै ४ वटा अन्तर्राष्ट्रिय उडान लाइसेन्स प्रदायक विमान कम्पनी र ४ वटा अल्ट्रालाइट कम्पनी रहेको समेत प्राधिरकणले जनाएको छ ।

प्राधिरणले सन् २०१९ मा अन्तर्राष्ट्रिय हवाई मुभमेन्ट समेत सन् २०१८ को तुलनमा ४ दशमल ४ प्रतिशतले घटेको रिपोर्टमा उल्लेख छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपियन युनियनको आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउनुपर्ने अवस्था अहिले नरहेको बताए ।

प्रविधिको हिसावले केहि पछाडि परेपनि नेपालको उड्डयन क्षेत्रको प्रगति अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसंशायोग्य नै रहेको उनको भनाई छ ।
उनले विभिन्न कारणले युरोपियन युनियनको आकाशमा लगाइएको प्रतिबन्ध छिट्टै हट्ने पनि बताए । उनले नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुई भागमा विभाजन गरी कानून संसदमा पुगेको उल्लेख गरे ।

कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उड्डयनको क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताए । प्राधिकरणले हवाई क्षेत्रमा सुरक्षा सबै भन्दा बढी महत्वपूर्ण विषय भएकाले सुधारको क्रममा रहेको उनको भनाई थियो । प्राधिकरणले सार्वजनिक गरेको रिपोर्टमा नेपाली हवाई आकाशलाई थप सुरक्षित बनाउनका लागि भएका प्रयासलाई पनि समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी