पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान बनाउने गौतमको दाबी



तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाटमा उपाध्यक्ष गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए । “म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु”, उनले भने, “ मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।”

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए ।

उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने बताए । उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा चीनकातर्फबाट कुनै समस्या छैनः रक्षामन्त्री वेइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ

सरकारद्वारा ट्रान्सपरेन्सीको प्रतिवेदन खारेज

काठमाडौँ । नेपाल सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर

बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्नः वामदेव गौतम

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न नसकेकाले पार्टीमा ठूलो समस्या

प्रदेश सभा सेवा समूह गठन गर्न पहल गरिने

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा, राष्ट्रियसभा एवं प्रदेश सभाका सभामुख र उपसभामुखको