शंखधर उद्यानमा पद्यरत्न र शंखधर साख्वाको शालिक स्थापना



काठमाडौं । काठमाडौंको शंखधर उद्यानमा राष्ट्रिय विभूति शंखधर साख्वाः र मानवअधिकारवादी, भाषा तथा जातीय समानताको आन्दोलनमा महत्वपूर्ण योगदान गरेका पद्मरत्न तुलाधरको शालिक स्थापना गरिएको छ । काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको शंखधर उद्यानमा निर्माण भएको शालिकको शनिबार शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अनावरण गरे ।

अनावरणपछि मन्त्री श्रेष्ठलगायतले शालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा मन्त्री श्रेष्ठले यसअघिको रत्नपार्क अर्थात् हालको शंखधर उद्यानमा महानगरपालिकाले शालिक निर्माण गर्नु सकारात्मक बिषय भएको बताए ।

मन्त्री श्रेष्ठले अब काठमाडौं शहरलाई व्यवस्थित पारिने आश्वासन दिए । काठमाडौंका सडकमा रहेका खाल्डाखुल्डी पुर्ने कामको सुरुवात गरिएको र त्यसको निरन्तर अनुगमन गरिने उनले बताए । उनले सरकारले धेरै नै राम्रा काम गरेको भन्दै सरकारले राम्रा कामको प्रसंसा गर्नुपर्ने बताए ।

त्यस्तै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले राज्यस्तरबाट शालिक निर्माण गर्ने क्रम सुरु भएको तर्क गरे । कोरोनाका बेला पनि महानगरले जनताकेन्द्रित कार्य गरेको उनले बताए । उनले काठमाडौं महानगरको स्वरुप विस्तारै परितर्वन हुदै गएको दावी गरे । करिब २० लाख रुपैयाँको लागतमा महेश तुलाधरले उक्त शालिक निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीको उपस्थितिमा बालुवाटारमा नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

अध्यक्षद्वय ओली र प्रचण्डबीचको संवादहीनता तोडियो, सचिवालय बैठकअघि बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल

सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा