विद्युतबाट चल्ने गाडीमा बढाईएको कर पनि पुरानै अवस्थामा फर्काउनुपर्छः अध्यक्ष थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुस्तकमा लगाइएको कर हटाएकोमा सरकारलाई धन्यवाद दिएका छन् । मंगलबार बिहान ट्वीट गर्दै अध्यक्ष थापाले अब विद्युतबाट चल्ने गाडीमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले लेखेका छन्, ‘पुस्तकमा भन्सार कर बढाउने सरकारको निर्णय ठिक थिएन । ढिलै भएपनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद । अब विद्युतबाट चल्ने गाडीमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु ।’