सांसद केसीको निधनमा कांग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने



काठमाडौं । नेपाली कांग्रेसले सांसद सूर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

बैठकले कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको खड्काले बताए ।

बैठकमा स्वर्गीय केसीप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि मौन धारण गरिएको थियो । केसीको कात्तिक १७ गते राति १० बजे पोखरा महानगरपालिका वडा नम्बर ७ मुस्ताङचोक स्थित आफ्नै निवासमा निधन भएको थियो । विसं २०१४ जेठ १० गते जन्मिएका के.सी. २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधि सभा सदस्य बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले विपद प्रभावित लाभग्राहीको नाम आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम दिने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित लाभग्राहीको नाम

अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको उद्घोष

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र

कुनैपनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलतः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुले देशमाथि कसैको हस्तक्षेप

राष्ट्रसङ्घको महासभामा नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठायौंः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र सो