सडक बिस्तार हुन नसक्नु नै ट्राफिक जामको मुख्य कारकः गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले यातायातका पूर्वाधारको विकास व्यवस्थित गर्नुपर्र्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । मंगलबार गृह मन्त्रालयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले तयार गरेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना बुझ्दै गृहमन्त्री थापाले सडकको बिस्तार नगरेसम्म यातायातको समस्या समाधान नहुने बताए ।

नेपालमा यातायातका साधान बृद्धि हुँदै गएपनि सडक बिस्तार हुन नसक्नुले नै ट्राफिक जाम र सडक दुर्घटना हुने गरेको उनको भनाई छ ।
उनले धेरै संख्यामा मोटरसाइकल लगायत निजी सवारी साधन सञ्चालन हुने गरेकाले सार्वजनिक यातायातलाइ प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा राखे ।

गृहमन्त्री थापाले सडक दुर्घटनालाई न्युनिकरण गर्न कडा कानून बनाउनुपर्ने पनि बताए । उनले काठमाडौंमा हुने सडक जामले विकासकै काममा समेत अवरोध पुगेको बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यातायात व्यवस्थापनमा ट्राफिक प्रहरीको जिम्मेवारी बढाउनुपर्ने बताए । त्यस्तै उनले अन्य देशको तुलनामा नेपालमा सडक जरिवाना न्युन भएकाले नै उल्लंघनका घटना बढिरहेको भन्दै जरिवानालाई बढाउनुपर्ने बताए ।

प्रहरी महानिरिक्षक क्षेत्रीले सवारी चालक अनुमतिपत्र वितरणमा समेत कडाई गर्नुपर्ने बताए । त्यस्त ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले उपत्यकामा हुने सवारी चाप र दुर्घटनालाई न्युनिकरण गर्न काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना २०७७ तयार गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको उद्घोष

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र

कुनैपनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलतः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुले देशमाथि कसैको हस्तक्षेप

राष्ट्रसङ्घको महासभामा नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठायौंः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र सो

बाढीपहिरो प्रभावित १४ वटा जिल्लालाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरो तथा डुबान प्रभावित