विभाग गठन बाहेकका विषयमा छलफल गरौंः देउवा



काठमाडौं । पार्टीभित्र देखिएको असमझदारी र पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिपक्षी नेपाली कांग्रेसले छलफल सुरु गरेको छ ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारीसहितका नेताहरुको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमति, कोभिडको असरबारे छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउने बिषय तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

उनले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक मंगलबार पनि बस्ने र ठोस निष्कर्षमा पुग्ने बताए । सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए । पार्टी भित्र देखिएको असमझदारीलाई केन्द्रीय समिति बैठक अघि नै अन्त्य गर्नेगरि छलफल अघि बढेको महतले जानकारी दिए ।

महतले पदाधिकारी बैठकले गरेका निर्णयहरुलाई केन्द्रीय समितिबाट पारित गर्ने तयारी भएको जानकारी दिए । बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका थिए । कांग्रेसको आगामी १४औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्रीहरुबाटै प्रधानमन्त्रीलाई सहयोग भएनः प्रवक्ता सापकोटा

  भक्तपुर ।  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको

आफू प्रधानमन्त्री बन्नेबित्तिकै सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक देखियोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एक वर्षको अवधिमा जनतामा आशा

देशभित्रका दलाल पुँजीवादी र देश बाहिरका तत्वहरुले मुलुकलाई अस्थिर बनाउन खोजेः अध्यक्ष ओली

रुकुमपूर्व । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रमाथि हमला भएको बताएका

प्राधिकरण भन्छ-एनसेलको शेयर खरिदबिक्रीको छानबिन हुन्छ

  काठमाडौँ ।  एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै