व्यक्तिगत स्वार्थमा पार्टी विभाजन गर्ने खोज्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔंः ईश्वर पोखरेल
काठमाडौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले एकताकावेला गरिएको सहमति विपरीत पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको टिप्प्णी गरेका छन् ।
पार्टी विभाजनको गम्भीर मोडमा पुगेको समाचार सार्वजनिक भइरहेका बेला सोमबार ट्वीट गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘एकताकावेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!’