परियारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा पार्टीका क्रियाशील सदस्य बलबीर परियारमाथि भएको कुटपिटको भत्र्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गरी शनिबार नेकपा निकट युवा संघका सदस्य रवी बुढाको नेतृत्वमा आएको करिब १० जनाको समूहले खुकुरी, रड जस्ता धारिला हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै परियारको उपचार र दोषीमाथि कारबाहीको माग गरेका हुन् ।