सरकारलाई आफ्नो जिम्मेवारी पूरा गर्न राप्रपा अध्यक्ष लोहनीको आग्रह



काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनता कोरोना महामारीको समयमा रहेका बेला सरकारले देखाएको उपेक्षा लज्जास्पद र दुर्भाग्यपूर्ण भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत अध्यक्ष लोहनीले जनतालाइ परेको दुःखमा साथ नदिने घोषणा गर्ने वर्तमान सरकारको निणर्यले सर्वोच्च अदालतको आदेशको अपहेलना गरेको र यो नेपालको संविधानको समेत विपरित भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘देशमा कोरोनाको ठुलो माहामारीले जनता आतङ्कित भएको समयमा “समाजवाद उन्मुख” भनि दावी गर्ने सरकारले जनताप्रति देखाएको उपेक्षा लज्जास्पद र दुर्भाग्यपुर्ण हो । जनतालाइ परेको दुखमा साथ नदिने घोषणा गर्ने वर्तमान सरकारको निणर्य ले सर्वोच्च अदालतको आदेशको अपहेलना गरेको छ र यो नेपालको संविधानको समेत विपरीत छ । सत्तामा रहने पदाधिकारीहरु विरामी हुँदा सवै खर्च गर्न र आफ्ना अनुयायीहरुलाई औषधि खर्चको नाममा करोडौं उपलव्ध गराउन सरकार तयार हुने तर आमजनतालाई पीडा हुँदा सरकार पन्छिने यो नयाँ नीतिको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)भत्र्सना गर्दछ र सरकारलाई आफ्नो जिम्मेवारी पुरा गर्न माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पूँजी परिचालन गर्न यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे आरजुले महासमितिमा कुरा उठाउने

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला

जनतालाई ऐन बन्यो वा बनेन भनी चासो लिने कुरा भएन, परिणाम चाहियो : प्रदेशमन्त्री श्रेष्ठ (अन्तरवार्ता)

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका