सरकारको परराष्ट्र नीति असन्तुलितः नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन् । नागार्जुन नगरपालिकाले स्यूचाटारमा निर्माण गरेको ओपन फिटनेस सेन्टरको शनिबार उद्घाटन गर्दै नेता सिंहले सरकारको परराष्ट्र नीति असन्तुलित देखिएको बताए । हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको भन्दै उनले यस्तो बताएका हुन् ।

‘आफ्नो राष्ट्रको भूभाग संरक्षित गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ । यो दुर्भाग्य हो’उनले भने । त्यस्तै उनले अहिले ठूला ठूला भ्रष्टाचारकाण्ड भएको भन्दै त्यसको निष्पक्ष छानविनको पनि माग गरे । जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुनेमा उनले जोड दिए ।

सिंहले किरब दुई तिहाई बहुमत नजिकको वर्तमान सरकार सुशासन र शान्तिसुरक्षा दिन पनि असफल भएको बताए । सरकार कोरोना महामारीको बेलामा पनि मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकार भ्रष्टाचारमा लिप्त रहेको सिंहको भनाई थियो ।

बलात्कारका घटना बढेको भन्दै सरकारले शान्ति सुरक्षा दिन पनि नसकेको उनले बताए । त्यस्तै कार्यक्रममा मेयर मोहनबहादुर बस्नेतले स्युचाटारले प्रजातान्त्र स्थापनाका लागि कलंकीको मोर्चामा संघर्ष गर्दै बलिदान दिएको स्मरण गर्दै यो ठाउँमा नमूना विकास गर्ने बताए । जनआन्दोलनका उपलब्धि रक्षा गर्न पुनः स्युचाटारबाटै संकल्प गर्नुपर्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र

देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्‍ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

राष्ट्रपतिद्वारा कोरोना उपचार कोषमा दुई महिनाको पारिश्रमिक प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा