म किन साझा ज्येष्ठ नागरिक संगठनमा आवद्ध भएँ ?



-कृष्णा ताम्राकार ।
म एकजना सञ्चारकर्मी /रेडियोकर्मी व्यक्ति हुँ। आफ्नो छ दशक लामो करियरमा मैले कहिल्यै पनि आफ्नो राजनीतिक प्रतिबद्धताका बारेमा बोलिँन।

तर अहिले जीवनको अन्तिम दशकमा आइपुग्दा मलाई केही वर्ष अघि मात्र स्थापित साझा पार्टीको आदर्श र राजनीतिक परिकल्पना धेरै हदसम्म आफ्नो विचारसितै मिलेजस्तो लाग्यो र म साझा ज्येष्ठ नागरिक संगठनमा संलग्न भएँ। उमेर घर्किसकेका र कमजोर स्वास्थ्य भएका व्यक्तिहरूले राजनीतिमा सक्रिय रहेर पद ओगट्ने काम गर्नुहुन्न भन्ने मान्यता राख्ने म किन कुनै पार्टीमा लागेँ त? प्रश्न उठ्नु स्वाभाविक हो।

मेरो सधैँको मान्यता अहिले पनि उस्तै छ, देशलाई हाँक्ने ठाउँमा राम्रो स्वास्थ्य, पर्याप्त शैक्षिक योग्यता र प्रतिबद्धता भएका उमेरदार व्यक्तिहरू नै रहनुपर्छ। यति हुँदा हुँदै पनि म साझा पार्टीमा लाग्नुको एउटै कारण के हो भने मैले मेरो आदर्श र विचारसित मिल्दो विचार बोकेर हिँडेको र निष्कलङ्क व्यक्तिहरू नेतृत्त्वमा रहेको पार्टी यही मात्र भेटेँ।

हुन त चूप लागेर बसेको भए पनि हुन्थ्यो, तर मलाई साझा पार्टीको विचारलाई आफूले सकेसम्म अघि बढाउन मन लाग्यो र मैले समर्थन गरेँ। मलाई पार्टी प्रवेश गरेँ त भन्न अप्ठ्यारो लाग्छ, तर म साझा पार्टीमा सामेल भएँ।

म तपाईँलाई पनि साझा पार्टीमा संलग्न भएर आफ्ना आदर्श र राजनीतिक सपनाहरूलाई गोडमेल गर्न अनुरोध गर्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने छ: प्रचण्ड

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग

अब त देवत्व र घृणा होइन निर्माणको विमर्श हुनुपर्छ

-डा. युवराज संग्रौला । २००७ सालदेखि आजसम्म देशको राजनीतिले ‘देवत्वकरण र घृणा’ को

गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार हत्याउन प्रतिगामी शक्ति हाबी हुँदै गएः पूर्वउपराष्ट्रपति पुन

गोरखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका

अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा एकीकृत समाजवादीको असहमति

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा