बुटवल । रुपन्देहीमा रहेका बिभिन्न संघ संस्थामा आवद्ध रहेका नेकपा निकट व्यवसायीहरुले नेकपाको सदस्यताबाट राजीनामा बुझाएका छन् । राजीनामा दिनेहरुमा पार्टीको केन्द्रीय विभागका सदस्यहरु समेत छन् ।
यस क्षेत्रमा रहेका २३ सय हाराहारी पार्टी सदस्य भएका व्यवसायीहरुले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले पार्टीमा रहन नसक्ने जनाएका हुन् ।
पार्टीले निरंकुश तरिका अपनाएर राजधानी सार्ने निर्देशन गर्यो हाम्रा माननीयहरुलाई मत राख्न समेतबाट बञ्चित गरियो यसरी निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकोले राजीनामा दिने निर्णय गरेका हौं रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहोराले भने ।
उद्योग व्यवसाय सम्वद्ध नेकपाका पार्टी सदस्य रहेका संघ संस्थाका अध्यक्षहरुद्वारा आयोजित पत्रकार सम्मेलनमा रुपन्देहीका संघ संस्थाका अध्यक्षहरुले पार्टीले निर्वाचनमा गरेको बाचा तोडेकोले पार्टीमा बस्नुको औचित्य नभएको बताएका छन् ।
‘उनीहरुले हामीलाई धोका दिनुभयो मतदाताको मान मर्दन गर्नु भयो त्यति मात्र होईन रुपन्देहीका संघ संस्थाले प्रदेश सरकारको स्थायित्वका लागि भौतीक संरचना उपलब्ध गराएर गरेको सहयोगको अवमूल्यन गर्नुभयो त्यसैले पार्टीमा बसिरहनुको कुनै औचित्य रहेन।’ रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले भने ।

प्रतिक्रिया