शशांक कोइराला अस्पतालबाट डिस्चार्ज



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार हुँदै गएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालालाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।

गत मंगलबार राति एक्कासी स्वास्थ्यमा समस्या आएपछि होम आइसोलेसनमा बसेका कोइरालालाई अस्पताल भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि कोइरालाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थ्लाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु, नेता तथा कार्यकर्ताहरु, पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा.विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु । मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसँगै आजै अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेशसनमै रहने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा

रवि लामिछाने प्रहरी हिरासतमै

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस सोमबार

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा विधेयक जारी गरेका

कुनै दल फुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भएपनि