नेकपाले भदौ २६ गतेका लागि बोलायो स्थायी कमिटी बैठक


काठमाडौं । सत्तारुढ नेकपाले भदौ २६ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल सहितको छलफलमा यो सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।