आफ्ना नागरिकप्रति सरकारले जिम्मेवारीवोध नगरेकोमा कांग्रेसको आपत्ति


काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरणक लागि सरकारले काम नगरेको आरोप लगाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार विज्ञप्ति जारी गरी आफूहरुले ध्यानाकर्षण गराउँदा गराउँदै पनि क्षति न्यूनिकरणका लागि सरकारले काम नगरेको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले यस वर्षको बजेटमा समेत बाढी, पहिरो र डुवान नियन्त्रणलाई प्राथमिकतामा राख्न सकेन, सरकार यस्तो संवेदनशील विषयमा गम्भीर नहुनु अत्यन्त दुःखद पक्ष हो । आफ्ना नागरिकप्रति जिम्मेवारीवोध नहुनु सरकारको यस किसिमको रवैया प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ । सरकारलाई यस विषयमा गम्भीर हुन नेपाली कांग्रेस पुनः आग्रह गर्दछ ।’