मुलुकलाई अघि बढाउन सक्ने शक्ति आवश्यकः सीपी गजुरेल


काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक एवं नेकपा(क्रान्तिकारी) माओवादीका नेता सिपी गजुरेलले मुलुकको सवै क्षेत्रमा भ्रष्टाचार बढ्दै जादा पनि सरकार मौन देखिएको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचार अन्त्य गर्छु भन्ने सरकार नै भ्रष्टाचारमा डुवेको आरोप लगाए । गजुरेलले पछिल्लो समय न्यायिक क्षेत्रमा समेत भ्रष्टाचार भएको दावी गरे । मानिस हत्याको आरोपमा जेल परेका मान्छेलाई प्रधानन्याधिशले नै कैदअवधी घटाउनु दुःखद भएको उनको भनाई छ । त्यस्तै उनले कोरोना माहामारीका बेला पनि स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार भएको तर्क गरे ।

मुलुकको बेथिति बिसंगती हटाउनुपर्ने बेला सरकारमा रहेको दल नेकपा पदीय लडाईंमा व्यस्त रहेको उनको आरोप छ । अहिले केपी ओलीलाई हटाएर मात्र समस्याको समाधान नहुने भन्दै मुलुकलाई अघि बढाउन सक्ने शक्तिको आवश्यकता रहेको औंल्याए ।