काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको रिक्त प्रतिनिधिसभा सदस्यमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा गरेको छ । जनता समाजवादी पार्टीले ह्वीप उल्लंघन गरेको भन्दै तत्कालिन समाजवादी पार्टीबाट समानुपातिक सांसद सरिता गिरीलाई निश्कासन गरेपछि रिक्त पदमा सिटौलालाई निर्वाचित गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
गिरी निर्वाचित भएको खस आर्य अन्तर्गत समावेशी समूहमा सिटौलाको नाम सिफारिस भएको थियो । गिरीले निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् । सभामुख अग्निप्रसाद सापकोटाले शपथ ग्रहण गराएपछि सिटौला औपचारिकरुपमा प्रतिनिधि सभा सदस्य हुनेछिन् ।

प्रतिक्रिया