सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै



काठमाडौं । सत्तारुढ नेकपाको जारी विवाद स्थायी कमिटीबाट समाधान नभएपछि आज स्थायी कमिटी बैठक रोकेर सचिवालय बैठक बोलाइएको छ । दिउँसो तीन बजेका लागि बैठक बोलाइएको हो । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा माग गरिएपछि बैठक पटक पटक स्थगित हुँदै आएको छ । यसबीचमा दुई अध्यक्ष ओली र प्रचण्डबीच दर्जनौं पटक छलफल भएपनि विवाद समाधान हुन सकेको छैन ।

सचिवालय बैठकमा जारी विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुने बताइएको छ । समसामयिक विषयमा छलफल, सरकारका कामको समीक्षा तथा पार्टी एकताका बाँकी कामहरु टुंगो लगाउन भन्दै गत असार १० देखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि बैठक चल्न सकेको छैन ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायतले ओलीलाई दुवै पद छोड्न दबाव दिएका छन् । ओली भने यही अवस्थामा कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न

जलवायु परिवर्तनका समस्या समाधानका लागि मिलेर काम गर्न बेलायती राजकुमारलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनी श्रीमती डचेस सोफी

नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क

रविसहित १५ जनाविरुद्ध चितवनमा ठगी मुद्दा दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा ठगी मुद्दा