संसदीय समितिले सभामुखलाई बुझायो सोती घटनाको प्रतिवेदन


काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटना छानविन संसदीय विशेष समितिले मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवदेन बुझाएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा समितिका संयोजक देवेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

२०७७ जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकबाट रुकुम पश्चिमको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।

सभामुख सापकोटाले विषम परिस्थितिमा पनि निर्धारित समयभित्रै कार्य सम्पन्न गरि प्रतिवेदन बुझाएकोमा समितिलाई धन्यवाद दिए । उनले यसलाई अध्ययन गर्ने र अघि बढाउन ढिला नगर्ने बताएका छन् ।